तामिलनाडुका मुख्यमन्त्री जय ललिताको हृदयघातबाट निधन

भारत । भारतकी एक चर्चित राजनीतिज्ञ एवं तमिलनाडुकी मुख्यमन्त्री जय ललिताको उपचारका क्रममा निधन भएको छ।
आइतबार राति हृदयघातका कारण गम्भीर अवस्थामा रहनुभएकी उहाँको सोमबार स्थानीय समय अनुसार राति साढे ११ बजे निधन भएको चन्नाईस्थित अपोलो अस्पतालले जनाएको छ।
६८ वर्षीया जय ललितालाई गत सेप्टेम्बर महिनादेखि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
तर आइतबार राति हृदयघात भएर अवस्था गम्भीर भएपछि उहाँलाई सघन उपचार कक्षमा सारिएको थियो।
सोमबार मध्यरातमा उहाँको निधनको घोषणा भएसँगै दक्षिणी राज्य तमिलनाडुमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।
उहाँको निधन प्रति भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।