सिटिजन्स बैंकले १ अर्ब ३८ करोडको हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब ३८ करोडको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन तथा सिटिजन्स बैंक इण्टरनेशनल लि.को दशौं वार्षिक साधारण सभावाट निर्णय भए वमोजिम बैंकले १०ः२.५ (अर्थात २५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्काशनको लागी विक्री प्रवन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड, नक्साललाई आफनो विक्री प्रवन्धक नियुक्त गरेको हो । बैंक र सानिमा क्यापिटल लिमिटेड बीच भएको सम्झौता अनुसार एक करोड अठ्ठतिस लाख त्रितालिस हजार तीन सय असी कित्ता हकप्रद शेयर निष्काशन चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा निष्काशन गर्नको लागी आवश्यक सम्पूर्ण कार्य गर्न उक्त क्यापिटललाई जिम्मा दिइएको छ । सो सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । हाल बैंकको चुक्ता पूंजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रहेकोमा यस हकप्रद शेयरको वांडफांड पश्चात बैंकको चुक्ता पूंजी ६ अर्व ९२ करोड १६ लाख ९० हजार पुग्नेछ ।