प्रधानमन्त्री प्रचण्ड सबैभन्दा गरिब मन्त्री, एक कठ्ठा जमिन र तीन तोला सुन,त्यो पनि श्रीमतीको नाममा

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएको चार महिनापछि बल्ल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले वाहालवाला मन्त्री तथा राज्यमन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको छ।
मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित ३१ जनाको सम्पत्ती विवरण सार्वजनिक गरे पनि उनीहरुको जीवनशैली र सार्वजनिक सम्पत्तीमा विवरण प्रति भने आमजनता भने आश्वस्त हुने प्रकारको छैन। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकको सम्पत्तीका विषयमा टिकाटिप्पणी भैरहेको बेलामा उहाँले जम्मा श्रीमतीको नाममा चितवन भरतपुरमा १ कठ्ठा र तीन तोला सुन मात्र सम्पत्ती रहेको विवरण देखाउनुभएको छ । । प्रधानमन्त्री दाहालले देखाएको सम्पत्ती पनि पैतृक रहेको सार्वजनिक विवरणमा उल्लेख छ।
प्रधानमन्त्री बाहेक उपप्रधान तथा मन्त्रीहरुले पनि आफ्नो भन्दा पनि पैतृक सम्पत्तीलाई नै जोड दिएका छन्। उनीहरुले आफ्नो आम्दानी खासै सम्पत्ती नजोडेको विवरण उल्लेख गर्दै अधिकांसले श्रीमतीका नाममा सम्पत्ती रहेको विवरण दिएका छन्। सार्वजनिक विवरण अनुसार नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरु धनी रहेको विवरण छ।
मन्त्रीहरु विभिन्न कम्पनीको प्रमोटरदेखि क्रसर व्यावसायी हुँदै चिया बगानको मालिसकसम्म रहेका छन्। विवरण अनुसार आर्थिक अवस्थामा सबैभन्दा कमजोर प्रधानमन्त्री प्रचण्डको देखाइएको छ । उहाँले आफूसँग घर समेत नरहेको सम्पत्ती विवरण सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री दाहाल पूर्व प्रधानमन्त्री सुशिल कोइराला भन्दा थोरै मात्र सम्पन्न देखिएका छन्। पूर्व प्रधानमन्त्री कोइरालाले आफूसँग जम्मा तीन वटा मोवाइल मात्र रहेको विवरण प्रधामन्त्री कार्यालयलाई बुझाउनुभएको थियो।
४१ सदस्यीय दाहाल नेतृत्वको वर्तमान सरकारका १० राज्यमन्त्रीले भने सम्पत्ती विवरण बुझाएका छैनन्।