ब्राजिलियन स्टार नेमार विश्वकै महंगा खेलाडी

maitrinews

 

ब्राजिल । ब्राजिलियन स्टार खेलाडी नेमार विश्वकै सबैभन्दा महँगा फुटबलर भएको एक अध्ययनले देखाएको छ।
सीआईइएस फुटबल अब्जरभेटरीले सार्वजनिक गरेको एक अध्ययनले नेमार विश्वकै महँगा खेलाडी भएको दाबी गरिएको छ। नेमार २१६ मिलियन पाउण्डका साथ पहिलो स्थानमा रहेको प्रतिवेदनमा दाबी गरिएको छ। नेमारपछि दोस्रो स्थानमा लियोनल मेसी रहेका छन्। मेसी १५० मिलियन पाउण्डका साथ नेमारपछि दोस्रो महँगा खेलाडीको सूचीमा परेका छन्।
सीआईइएस फुटबल अब्जरभेटरीले खेलाडीहरुको ट्रान्सफरको मूल्य तथा प्रस्तावका आधारमा विश्वका १०० महँगा खेलाडीको सूची सार्वजनिक गरेको हो। उसले सार्वजनिक गरेको सूचीमा भने फिफा वर्ष खेलाडी तथा चौथो पटक बेलोन डिअरको अवार्ड विजेता क्रिष्टियानो रोनाल्डो सातौं स्थानमा परेका छन्।
रोनाल्डो १११।२ मिलियन पाउण्डका साथ सातौ स्थानमा रहेका छन्। सीआईइएस फुटबल अब्जरभेटरीले निकालेको विश्वकै १० महँगा फुटबलरको सूचीमा म्यानचेष्टर युनाइटेडका पाउल पोग्वा १३६।५ मिलियन पाउण्डका साथ तेस्रो स्थानमा छन् भने एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान १३२।२ मिलियनका साथ चौथो स्थानमा छन्।