प्रधानसेनापति क्षत्रीद्वारा नमुनावस्ती निरीक्षण

काठमाडौँ, १५ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले भूकम्पबाट क्षतिग्रस्त भएको गोरखाको लाप्राकमा गैर आवासीय नेपाली सङ्घको मुख्य संयोजकत्वमा पुनःर्निर्माण गर्न लागिएको नमुनावस्तीको आज निरीक्षण गर्नुभएको छ ।
सो अवसरमा प्रधानसेनापति क्षत्रीले नमुना वस्तीको पुनःर्निर्माणमा नेपाली सेनाले आफ्नो दक्ष जनशक्ति उपलब्ध गराई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेल, गैर आवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेलगायत नेपाली सेनाका अधिकृतको उपस्थिति रहेको थियो ।