बाघ आतङ्क

 

नवलपरासी, १७ माघ । गंैडाँकोट–९ थुम्सीमा आज पाटे बाघ गाउँ पसेपछि स्थानीयवासी त्रसित भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघ गाउँमा पसेपछि हारगुहार गर्दै स्थानीयवासी चिच्याउन लागेपछि बाघ नजिकैको युनाइटेड पोलिस्याक्स उद्योगभित्र प्रवेश गरेको थियो । कोठाभित्र पसेको बाघलाई अहिले ताल्चा लगाएर राखिएको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्णप्रसाद देवकोटाले बताउनुभयो ।

निकुन्जको टोली मङ्गलबार आई बाघ नियन्त्रणमा लिएर निकुन्जमा छाडिने जनाइएको छ ।