नेताको निधनमा गजबको डान्स

ताइवानका रसिक राजनेता तुङ स्याङकोको मृत्यु भएपछि आयोजित शवयात्रामा युवतीहरूले गाडीमाथि पोल डान्स गरेर उनको केही दिन अगाडि मात्र बिदाइ गरेका छन् ।
ताइवानका नेता तुङ स्याङको मृत्यु भएपछि उनको रसिक स्वभावअनुसार शवयात्रामा उनकै छोराले पोल डान्स गर्ने नर्तकीहरू भेला पारेका थिए ।
५० जना युवती गाडीमाथि चढेर पोल डान्स गर्दै तुङको शवयात्रामा सरिक बनेका थिए। दुई घन्टा चलेको शवयात्राका क्रममा चियायी सहरको बाटो बन्द गरिएको थियो ।
१ सयभन्दा बढी सवारी साधनको लस्कर लागेको उक्त शवयात्रामा धुमधामसँग बाजा बजाइएको थियो । ७६ वर्षको उमेरमा मृत्यु भएका तुङ स्थानीय संसद्को सभामुखसमेत थिए ।
(अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल माघ १८ गते मंगलवार ।