अखिलले देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा फहरायो,झन्डा गाड्ने विषयमा झडप

maitrinews

 

काठमाडौँ । अनेरास्ववियुले आज देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराएको छ ।

स्ववियु निर्वाचनलाई राष्ट्रियतासँग जोड्न देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराइएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार उपत्यकाका प्रमुख क्याम्पससहित देशभरिका क्याम्पसमा झन्डा गाडेको हो ।

उहाँले अहिले देशमा विखण्डनकारी सल्बलाइरहेकाले विद्यार्थीलाई राष्ट्रिय भावनामा जागृत गराई विद्यार्थीलाई राष्ट्रियताप्रति ऐक्यबद्ध बनाउन क्याम्पसमा झन्डा फहराइएको बताउनुभयो ।

यसैबीच, झन्डा गाड्ने विषयमा सरस्वती क्याम्पस लैनचौरमा झडप भएको छ । झन्डा गाड्ने विषयमा अखिलका क्याम्पस एकाई अध्यक्ष शङ्कर गौतमलाई अखिल क्रान्तिकारीले कुटपिट गरेको सचिव पराजुलीले जानकारी गराउनुभयो ।