हिमालय एअरलाईन्सले दोस्रो विमान काठमाडौंमा

काठमाडौ, १८ माघ
नेपालचिनको संयुक्तलगानीमासञ्चालितहिमालय एअरलाईन्सले आफनो दोस्रो नयाँविमान ए ३२० मंगलवार विहाना ११ः०४ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ ।
हैम्बर्ग, जर्मनबाट उडान गरिएको, ९ एन एएलभी रजिष्ट्रेशननम्बरको उक्तविमानलाई पानीको तोपद्वारा सलामका साथ स्वागत गरिएको थियो । सो स्वागतकार्यक्रममा संकृतिपर्यटन तथानागरीक उड्डयन महामन्त्रीश्री जीवनबहादुर शाहीतथा नेपालनागरीक उड्डयनका प्रबन्धकनिर्देशक देवेन्द्र उपाध्याय र साथै प्राधिकरणका पदाधिकारीहरु सहभागी थिए ।