एमएडब्लुले ल्यायो ‘नयाँ स्कोडा र्यापिड’

काठमाडौं, १८ माघ
नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित स्कोडा ¥यापिडको फेसलिफ्टलाई नेपाली बजारमा भित्र्याएको छ । नयाँ क्रिस्टलाइन डिजाइन ल्यांगवेजमा तयार गरिएको ¥यापिडको पफर्मेन्स अझ पनि परिस्कृत रहेको छ । नेपालमा स्कोडा ¥यापिड १६ सय सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध हुनेछ ।
६ वटा एक्साइटिंग कलर (ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेड)मा उपलब्ध हुने नयाँ स्कोडा यापिड तीन भेरियन्टः एक्टिभ, एम्बिसन र स्टाइलमा नेपालभरिका स्कोडाका आधिकारिक शोरुमहरुमा उपलब्ध हुनेछ ।
‘नयाँ स्कोडा ¥यापिडले नेपाली सेडानप्रेमीहरुको अपेक्षालाई पुर्ति गर्नेछ,’ काठमाडौंमा आयोजित विशेष समारोहमा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले भन्नु भयो, ‘सेडान सेग्मेन्टमा हामी मार्केट लिडर हौं । नयाँ स्कोडा यापिडले गर्दा यो सेग्मेन्टमा हाम्रो लिडरसिपले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं ।’
‘नयाँ स्कोडा ¥यापिड फेमिली कार हो जुन सहरी यात्राका लागि कम्प्याक्ट छ र लामो यात्राका लागि आरामदायी र स्पेसियस छ,’ एमएडब्लुका प्रमुख महाप्रबन्धक सुरज मानन्धरले भन्नु भयो, ‘परिस्कृत पफर्मेन्स, इमोसनल डिजाइन, क्लास लिडिंग सुरक्षा व्यवस्था र सिम्प्ली क्लेभर सोलुसन नयाँ यापिडका विशेषताहरु हुन् ।’
नयाँ स्कोडा यापिडमा ब्रान्डको सिग्नेचर डिजाइन ल्याङवेजसँग मिल्ने आधुनिक क्रिस्टलाइन डिजाइन छ । यसमा शार्प एंगल र कर्भहरु प्रयोग गरिएका छन् जसले यसलाई निकै आकर्षक सेडान बनाएको छ । नयाँ कारको डिजाइन स्कोडाको देश चेक सम्पदाबाट प्रभावित छ ।
नयाँ स्कोडा यापिडको बाह्य डिजाइन आधुनिक र भावनात्मक रुपमा आकर्षक पनि छ । कारमा उत्कृष्ट क्रिस्टलाइन डिजाइन भएको बम्पर र फेन्डरमा पनि देख्न सकिन्छ । नयाँ स्कोडा ‘सिग्नेचर ग्रिल र क्वार्ज–कट ह्यालोजिन प्रोजेक्टर हेडलाइट’ले कारलाई उत्कृष्ट बनाएको छ । यसमा सुरक्षाको दृष्टिले अनिवार्य ‘डे रनिंग लिड लाइट’ पनि जडान गरिएको छ । त्यसैगरी, नयाँ कारमा ‘सी’ आकारको टेललाइट लगाइएको छ जसले यसको स्वरुपलाई आकर्षक बनाएको छ । डोर ह्यान्डलमा लगाइएको ‘डेक लिड’ र क्रोमले कारलाई प्रिमियम लुक्स दिएको छ ।
‘ड्युअल–टोन इबोनी–स्यान्ड कन्ट्रास्ट’ले नयाँ स्कोडा ¥यापिडको भित्री डिजाइन पनि उत्तिकै आकर्षक बनाएको छ । यसका सिटहरु प्रिमियम लेदरका छन् र श्रृंगारमा प्रयोग गरिएको क्रोमले यसलाई पर्फेक्ट लक्जरी कार बनाएको छ ।