वीरबहादुर ऐडीव्दारा ढुंगाले थिचेर बाबुआमाको बीभत्स हत्या

जुम्ला । जुम्लामा एक युवकले बुबा र आमालाई ढुङ्गाले थिचेर बीभत्स हत्या गरेको छ। जिल्लाको गोठिचौर गाविस–२ नापानीका ३० वर्षीय वीरबहादुर ऐडीले आफ्ना बुबा ४५ वर्षीय गोरबहादुर ऐडी र आमा वर्षीया जयरुपा ऐडीलाई घर नजिकैको बारीमा ढुङ्गाले थिचेर हत्या गरेको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहान ११ बजे बारीमा हत्या गरेको जानकारी पाएपछि मणिसाघुस्थित प्रहरी चौकीबाट असई वरुजित विकको टोली घटनास्थल पुगेको थियो।
घटनास्थल मणिसाघु प्रहरी चौकीदेखि डेढ घण्टा पश्चिमतिर पर्छ। हत्यामा संलग्न छोरा वीरबहादुरलाई प्रहरीले पक्राउ गरेको नायव उपरीक्षक विष्णुहरी काफ्लेले जानकारी दिनुभएको छ।