गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा ढिलाइ

maitrinews

भैरहवा । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ३८६ जना कर्मचारी आवश्यक हुने प्रक्षेपण नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । प्राधिकरणको प्रारम्भिक अध्ययनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा सञ्चालन गर्ने हो भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३८६ जना कर्मचारी आवश्यक हुने देखाएको महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो । ‘प्राधिकरणले आन्तरिक रूपमा कर्मचारी व्यवस्थापनको समेत तयारी थालिसकेको छ ।
विमानस्थल आयोजना प्रमुख ओम शर्माका अनुसार अहिले विमानस्थल सञ्चालन गर्न आवश्यक कर्मचारीको खाका बनाउने काम जारी छ । यसअनुसार ४ सय हाराहारी कर्मचारी आवश्यक रहने अनुमान गरिएको छ । ‘सन् २०१८ मा विमानस्थलको भौतिक संरचना निर्माण सम्पन्न भइसक्दा कर्मचारीसमेत तयारी अवस्थामा राख्नु आवश्यक छ ।
टिआइएमा प्राधिकरणका करिब ४ सय कर्मचारी
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राधिकरणका करिब ४ सय कर्मचारी कार्यरत छन् । तर, विमानस्थलभित्र सक्रिय सबै निकाय ९सेवाप्रदायक, सुरक्षा निकाय, भन्सारलगायत०का कर्मचारीको संख्या भने २ हजार ५ सय हाराहारी पुग्ने प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। ‘विमानस्थलमा दर्जनौँ निकायका कर्मचारी कुल तीन सिफ्टमा काम गर्छन्,’ उहाँले भन्नुभयो, ‘सबै जोड्दा एउटा विमानस्थलले हजारौँ कर्मचारीलाई रोजगारीको अवसर सिर्जना गर्छ ।’
१ माघ २०७१ मा शिलान्यास गरिएको यो विमानस्थलको निर्माण कार्य डिसेम्बर २०१७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, अहिलेसम्मको प्रगतिका आधारमा लक्ष्यबमोजिम समयमै सम्पन्न गर्ने अवस्था नरहेको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो । ‘सन् २०१६ सम्म ४० प्रतिशत भौतिक प्रगतिको लक्ष्य थियो,’ उहाँले भन्नुभयो, ‘तर अहिलेसम्म करिब २८÷२९ प्रतिशत काम सकिएको छ । भूकम्पपछि उत्पन्न विविध परिस्थितिले यस विमानस्थल निर्माणमा ढिलाइ गरेको उहाँले जानकारी दिनुभयो ।
सन् २०१६ को लक्ष्य भेट्न नसके पनि चालू आर्थिक वर्ष ०७३(७४ भित्र भौतिक प्रगति ५० प्रतिशत पु¥याउनेगरी काम भइरहेको आयोजनाको भनाइ छ ।