प्रचण्ड सरकारको औचित्य समाप्त, राप्रपाले मन्त्रीहरु फिर्ता बोलाउने : थापा

maitrinews

 

हेटौडा । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारको औचित्य समाप्त भएको दाबी गर्दै सरकारमा गएका आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने बताउनुभएको छ ।

पुष्पकमल दाहाल प्रचण्डको नेतृ्त्वमा ६ महिनाअघि गठन भएको वर्तमान सरकारले संविधान कार्यान्वयनमा एक पाइला पनि अघि नबढेको, मधेसवादी दलहरुले उठाएका मागहरु पूरा गर्न नसकेको र निर्वाचनको वातावरण पनि बनाउन नसकेकाले सरकारको औचित्य समाप्त भएको उहाँको दाबी थियो ।

मिडिया नेपालले शुक्रबार हेटौडामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकारले निर्वाचन तयारी गर्न निर्वाचन आयोगलाई लेखेको पत्र सकारात्मक भए पनि यो अपूरो र विरोधाभासपूर्ण रहेको बताउनुभयो । ुस्थानीय निकायको हो कि, स्थानीय तहको निर्वाचन त्यो नतोकिएको र मिति पनि किटान नगरेकाले यो अपूरो र विरोधाभासपूर्ण रहेको छ । सरकार निर्वाचन गर्नेतर्फ अग्रसर नै भएन,उहाँले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले वर्तमान सरकारमा सहभागी नहुने भन्दैसरकारमा सहभागी भएका मन्त्रीहरुलाई पनि पार्टीले छिट्टै नै फिर्ता बोलाउने बताउनुभयो ।