सबैभन्दा लामो सिसाको पुल

चीनले संसारकै सबैभन्दा लामो सिसाको पुल बनाएको छ । हालैमात्र सञ्चालनमा ल्याइएको यो पुल ४३० मिटर लामो छ । चट्टानको बीचमा बनाइएको यो पुल जमिनबाट ३०० मिटर उचाइमा रहेको छ । पुलमा प्रयोग गरिएको सिसा हथौडाले हिर्काउँदा पनि फुट्दैन । टेम्पर्ड ९९ सिसाबाट बनाइएको यो पुलको सिसा केही गरी फुटेमा अर्को सिसा फेर्न सकिन्छ । विश्वकै पहिलो नमूना पुल भएकाले यसले विश्वकै ध्यान केन्द्रित गरेको छ ।