शनिवार साँझ भूकम्प–काठमाडौलाई असर परेन

काठमाडौ । दुई महिना लामो अन्तरालपछि आज शनिवार भूकम्पको धक्का महसुस भएको छ । साँझ ५ बजेर ५८ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लापिलाङलाई केन्द्रबिन्दु उक्त भूकम्प गएको हो। यो भूकम्पलाई राष्ट्रिय भूकम्प मापन केन्द्रले २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको जनाएको छ ।
काठमाडौमा यस भूकम्पको खासै असर भएन । यसअघि डिसेम्बर २८ तारिखमा रामेछाप र सोलुखुम्बुको सिमानालाई केन्द्र बनाएर ५.६ रेक्टर स्केलको भूकम्प परकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा भूकम्पयता ४ रेक्टर स्केल माथिका ४ सय ७५ वटा परकम्प गइसकेका छन्।
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।