खुलेआम देश टुक्राउँछु भन्नेलाई नछाड्निे
काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले खुलेआम देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै हालतमा छोड्न नसकिने बताएका छन् । शनिबार साँझ नेपाल टेलिभिजनको लोकप्रिय टक–शो सिधा कुरामा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्।
सिके राउतको सन्दर्भमा सरकार गम्भीर रुपमा लागेको छ । खुलेआम देश टुक्राउँछु भन्नेलाई दुनियाँको कुनैपनि सरकारले छुट दिइने नगरेको बताउंदै प्रधानमन्त्री दाहालले हाम्रो राष्ट्रिय स्वाभिमानभन्दा ठूलो कुरा अरु नभएको र देशलाई बिखण्डन गर्छु भन्नेलाई कुनै हालतमा छुट दिन सकिँदैन भनेका छन्।
सिके राउतलाई सरकारकै निर्देशनमा पक्राउ गरिएको पनि प्रधानमन्त्री दाहालले सोही टकशोमा खुलासा गरेका छन्।
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।