कोपा डेल रे कपको फाइनलमा पुग्यो बार्सिलोना

maitrinews

काठमाडौं । बार्सिलोना कोपा डेल रे कप फुटबलको फाइनलमा पुगेको छ । गए राति भएको तनावपूर्ण खेलमा एथ्लेटिको मड्रिडसँग १—१ को बराबरी खेलेको बार्सिलोना समग्रमा ३—२ ले विजयी भएको छ ।
घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले ४३ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो ।
५७ औं मिनेटमा सार्गीले रातो कार्ड पाए र बार्सिलोना १० खेलाडीमा सिमित भयो । ६९ औं मिनेटमा एथ्लेटिको मड्रिड पनि १० खेलाडीमा सिमित भयो । उसका करास्कोले रातो कार्ड पाए ।
खेलको ८३ औं मिनेटमा गेमिरोले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल फर्काए ।
अन्तिम मिनेटमा बार्सिलोना ९ खेलाडीमा सिमित भयो । उसकास्वरेजले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।