अस्ट्रेलियासित पराजित भएपछि पाकिस्तानी कप्तान अलीको राजीनामा

 

पाकिस्तान । पाकिस्तानी क्रिकेटर अजहर अलीले एकदिवसीय कप्तानबाट राजीनामा दिएका छन् ।

अष्ट्रेलियासँगको सिरिजमा ४—१ को हार व्यहारेपछि उनले कप्तान पद छाडेका हुन् । अब उनको स्थान टी—२० का कप्तान सर्फराज अहमदले लिनेछन् ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष शहरयार खानका अनुसार कप्तानीको जिम्मेवारीका कारण व्याटिङमा असर परेको अजहरको बुझाइ छ । उनले भने, म उनको निर्णयको सम्मान गर्छु र, उनी एकदिवसीय टिमको ब्याट्सम्यान रहिरहनेछन् । सर्फराजले कप्तानको भूमिका निभाउनेछन् ।’

अजहरको कप्तानीमा एकदिवसीय क्रिकेटमा पाकिस्तानको प्रदर्शन सन्तोषजक रहन सकेन । एकदिवसीय वरियतामा टिम कीर्तिमान नौं स्थान तल झर्‍यो र २०१९ को विश्वकपका लागि सिधै छनोट हुन संघर्षरत छ ।

यो समयमा पाकिस्तानले खेलेको १० सिरिज मध्ये ५ मा जित्यो भने पाँच गुमाएको छ ।

जिम्बावेविरुद्ध दुई, श्रीलंका, आयरल्याण्ड र वेष्ट इण्डिजविरुद्ध एक—एक सिरिज जित्यो । समग्रमा पाकिस्तानले १० खेल जित्दा १८ मा हार व्यहारेको छ ।