तामाङ्गकी छोरी पनि प्रधानमन्त्री बन्ने

काठमाडौ। तामाङ्ग सुन्दरीहरुको पहिचानको प्रतिक बन्दैआएको मिस तामाङ्गको दशौं संस्करण संपन्न भएको छ। शनिवार काठमाडौको कमलादी स्थित प्रज्ञाभवनमा आयोजित यो बर्षको मिस तामाङ्ग २०१७ को उपाधि काठमाडौकी पिंकी घिसिङले हात पारेकी छन्।

Miss Tamang 2017

२८५३ औँ ज्या सोनामल्होछारको अवसरमा एभरेष्ट फेशनहोम र नेपाल तामाङ कला संस्कृति केन्द्रको संयुक्त आयोजनामा मिस तामाङ्ग २०१७ भएको आयोजक नेपाल तामाङ कला संस्कृति केन्द्रका अध्यक्ष मिलन मोक्तानले बताएका छन्।

३४ जना तामाङ्ग सुन्दरीहरु वीच भएको कार्यक्रममा प्रतियोगीहरुलाई पछि पार्दै घिसिङले यस बर्षको ताज हात पार्न सफल भएकी हुन् । निर्णायक मण्डलका संयोजक सांसद तथा सिभिलहोमका अध्यक्ष इच्छाराज तामाङले ‘एक तामाङकी छोरी नेपालको प्रधानमन्त्री बन्न सक्छ कि सक्दैन ? किन र कसरी ?’ भन्ने प्रश्न राखेका थिए । उक्त प्रश्नको जवाफमा तामाङ्गकी छोरी पनि नेपालको प्रधानमन्त्री बन्न सक्छ भन्ने तर्कपूण जवाफ दिदैँ घिसिङ ताज पहिरिन सफल भएकी हुन्।

Miss Tamang 2

त्यसैगरी काठमाडौकै नावाङ मोक्तानले बेष्ट वाकको अवार्डसहित फष्टरनरअप जितिन् र धादिङकी रिता थिङ मस्ट पपुलरको अवार्ड सहित सेकेण्ड रनरअप भइन् । विजेताले क्रमशंः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएका थियो।

मिस फोटोजेनिक आस्मा मोक्तान, मिस भर्स ट्यालेन्ट श्रीयम थिङ, मिस ब्यूटीफूल गंगा पाख्रिन, मिस अनलाइन सरला ब्लोन, बेष्ट पर्सनालिटी नविना लामा योञ्जन, मस्ट डिसिप्लिन आस्ना स्याङ्दान र बेष्ट हेयरमा कुमारी बज्युले जितेका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन १ गते आइतवार ।