शिवम् सिमेन्टले शुरु गर्यो निःशुल्क ‘निर्माण विज्ञ परामर्श सेवा’

काठमाडौं, ३ फागुन
शिवम् सिमेन्टले निःशुल्क ‘निर्माण विज्ञ परामर्श सेवा’ शुरु गरेको छ । कम्पनिले घर तथा अन्य भवन निर्माणकर्ताहरुकालागि निर्माण स्थलमै पुगी निर्माण विशेषज्ञ प्राविधिक टोली मार्पmत विभिन्न प्राविधिक परामर्श तथा परीक्षण सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएकोमा यस सेवालाई अझ धेरै भन्दा धेरै ग्राहक एवं निर्माणकर्ताहरुका निर्माणस्थलहरुसम्म पु¥याउने लक्ष्य बोकी ‘गुणस्तरमा सम्झौता नगरौं’ र ‘मजबुत निर्माण प्रति हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यो अभियान थालेको हो ।
मजबुत तथा दिगो निर्माण प्रतिको सामाजिक दायित्व बोध गर्दै कम्पनीले यस निःशुल्क सेवालाई शिवम् सिमेन्ट प्रयोग गरी बनाइएका निर्माणस्थलहरु बाहेकका साइटहरुमा पनि उपलब्ध गराएको छ । घर–भवन निर्माणको क्षेत्रमा शिवम् समेन्टको तर्पmबाट शुरु गरिएको यसप्रकारको “निर्माण विज्ञ परामर्श” सेवाबाट धेरै भन्दा धेरै निर्माणकर्ताहरुले घर, भवन, संरचनाको निर्माणमा बिनाखर्च निःशुल्क प्राविधिक सेवाप्राप्त गरी गुणस्तरीय निर्माणको लाभलिन सक्ने कम्पनिको दावी छ ।