टाटामोटर्स्को दुई नयाँ शोरुमहरु

maitrinews

काठमाण्डौं, ३ फाल्गुन ।
टाटामोटसर्् र टाटामोटर्स्को नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले ग्राहकहरुको विशेष सेवाको लागि दुई वटा नयाँ आकर्षक शोरुमको शुभारम्भ गरेका छन् । नयाँ शोरुमहरु नक्साल र जावलाखेलमा अवस्थित छन् ।

नयाँ शोरुम उद्घाटनसँगै सिप्रदीले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने शोरुममा टाटामोटर्स्को सबै पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएकाछन् । नयँ शोरुम उद्घाटनगर्ने क्रममा सिप्रदी ट्रेडिङ्गका सि.ई.ओ. राजन बाबु श्रेष्ठले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकहरुलाई सेवा दिन पाउँदा निकैे हर्षित भएको बताए । नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनुभूति प्रदान गर्ने समेत जानकारी गराए ।
सोही अवसरमा टाटामोर्टस्का कन्ट्री म्यानेजर श्री हेमन्त पुरानिकले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरु थप्दैे लगेकोे वताए । ग्राहकहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरुमहरुको भूमिका महत्वपूर्ण हुने र ग्राहकहरु लाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवा प्रदान गर्ने कुरामा आफुहरु विश्वस्त भएको कुरा समेत जानकारी गराए ।
सिप्रदीले टाटा मोर्टस्को सवै रेन्जको प्यासेन्जर र कमर्सियल गाडिहरुको बिक्रि वितरणको साथै बिक्रि पश्चातको सेवाहरु प्रदान गर्दै आईरहेको छ । कम्पनीको थप २ सहित अब १६ प्यासेन्जर गाडी शोरुमहरु तथा २४ सर्भिस केन्द्रहरु रहेकाछन् ।