प्रियंका कार्की रानी महलमा

Priyanka Karki 1काठमाडौ। यो बर्ष सर्वाधिक चर्चामा रहेकी नायिकामा प्रियंका कार्की नंबरी नै बनेकी छन्। रेखा थापाको नंबरी स्थानलाई यो बर्ष सजिल्लै नायिका कार्कीले लिएकी छन्। नेपाल तथा नेपाल बाहिरवाट सर्वाधिक खोजिने नायिकामा प्रियंका कार्की नै बनेकी छन्।

यिनै नायिका प्रियंका कार्की भ्यालेन्टाइन–डेका दिन मंगलवार विना भ्यालेन्टाइन पाल्पाको रानी महलमा विताउन बाँध्य बनेकी छन्। तीन बर्षअघि नै माया गरेर विवाह समेत गरेका प्रियंकाको भ्यालेन्टाइन रोचक मैनालीसँग डिभोर्स भएपछि उनी नितान्त एक्ली बन्दैआएकी छन्।

Priyanka Karki 3यसो भएतापनि भ्यालेन्टाइन–डेका दिन रानी महलमा निस्फिक्री घुमेर भ्यालेन्टाइन–डे मनाएको भनेकी छन्। खड्क शमशेरले आफ्नी रानी तेजकुमारीको नाममा बनाएको रानी महलले आफूलाई अत्यन्त मोहित बनाएको र रानी महल हेरेर आफू रोमाञ्चित नै बनेको उल्लेख गरेकी छन्।

रानी तेजकुमारीको नाममा रानी महल बनाउने खड्क शमशेर जस्ता प्रेमका आशिकी मायालुको खोजीमा प्रियंका रहेकी छन्। उनले मुखले नभनेपनि उनको व्यवहारले यस्तै भनिरहेको प्रतित हुने गरेको छ।

Priyanka Karki 2

प्रकाशन मिति–२०७३ साल फागुन ३ गते मंगलवार ।