रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक

maitrinews

काठमाडौ। बुनियाद गीतका गायक रामकृष्ण ढकालको पछिल्लो नयाँ गीत ‘यस्तो को हौ तिमी’ को म्युजिक भिडियो प्रिमियर भएको छ। काठमाडौको चावहिल स्थित केएल टावरको एफक्यूब सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनका क्रममा ढकालले निकेश खड्काद्वारा निर्देशित उक्त भिडियो सार्वजनिक गरेका हुन् ।

Ram Krishna Dhakal

गीतमा गायक रामकृष्ण ढकालको स्वर छ भने दावा गुरुङको संगीत तथा मनिष बशिष्ठको शब्द समावेश छ । गीतलाई सुमित विश्वकर्माले संगीत संयोजन गरेका छन् । भिडियोमा गायक ढकालकी धर्मपत्नी निलम शाह ढकालले अभिनेता मञ्चिन शाक्यसँग अभिनय गरेकी छन् ।

हिउँ परेको मौका पारेर कालिञ्चोकमा अर्जुन तिवारी तथा उनको समुहले छायांकन गरेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । गायक ढकालले यो गीत प्रेम दिवसलाई लक्षित गरेर उक्त गीत तथा भिडियो तयार पारेको बताएका छन् । भिडियोमा रमणीय दृष्यहरु कैद गरिएका छन् ।


प्रकाशन मिति–२०७३ साल फागुन ४ गते बुधवार ।