अनेरास्ववियुका ७ नेता पक्राउ, तत्काल नछाडे आन्दोलनको चेतावनी
काठमाडौं, ३१ असार । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेटमै मोटरसाइकल पार्किङसहित प्रदर्शन प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानून राष्ट्रीय कमिटी सचिव सुदिप थापा र अनेरास्ववियु सिटिभिटिई सदस्य सिरिस बुढाथोकी रहेका छन् । उनीहरुको रिहाइको माग गर्दै अनेरास्ववियुले नछाडे थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।