आज पनि बढेर बन्द भयो सेयर बजार
काठमाडौं, ३१ असार । सेयर बजार बधुबार १४ अंक बढेको छ । मंगलबार ६.११ अंक बढेको सेयर बजार आज पनि बढेर बन्द भएको हो । आज पनि बजारमा हरियाली छाउँदा नेप्से २५९० अंकमा पुगेर बन्द भयो ।
मंगलबार ८ अर्ब ४१ करोडको कारोबार भएको बजारमा आज भने ४ अर्ब १६ करोडमै सिमित बन्यो । आज १९१ कम्पनीको मूल्य बढ्दा ६४ को घट्यो भने १९ को स्थिर रह्यो । अधिकांश समूहगत सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै १.३७ प्रतिशत बढ्यो ।
बैंकिङ ०.७४, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.४७, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन ०.५७, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा १.०३, अन्य ०.३७ प्रतिशत तथा व्यापार ०.६० प्रतिशत बढे । लगानी ०.४६ प्रतिशत घट्यो ।