नक्सालमा यामाहा म्युजिकको सोरुम

काठमाडौं।नेपालका लागि यामाहा म्युजिकको आधिकारिक विक्रेता एमएडब्लु म्युजिक प्रा. लि.ले काठमाडौंको नक्सालमा नेपालकै ठूलो सांगितिक उपकरण तथा प्रोफेसनल अडियो सिस्टमको सो रुम सुरु गरेको छ । नेपालको चर्चित सांगितिक समूह १९७४ एडीले यामाहा म्युजिक सोरुमको उद्घाटन गरेको हो।

Yamaha Music 3

नयाँ सोरुममा यामाहा म्युजिकल इन्स्ट्रयुमेन्ट, प्रोफेसनल अडियो सिस्टम, अडियोभिडियो इक्विपमेन्टसहित अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त म्युजिकल ब्रान्ड ‘कोनिग एन्ड मेयर’ र डी’अडारियोका एसोसिरिजहरु पनि पाइनेछ ।

‘हामीले सन् २००६ मा कान्तिपथमा पहिलो यामाहा म्युजिक सोरुम खोलेका थियौं। त्यसक्रममा हामीले संगीतप्रेमीहरुका लागि अझ धेरै उपहरण र सुविधा भएको आउटलेट आवश्यक भएको अनुभव ग¥यौं । यस क्षेत्रमा लामो अनुभव हासिल गरेपछि हामीलाई नेपालकै ठूलो सोरुम खोल्ने उत्प्रेरणा मिलेको हो,’ एमएडब्लु म्युजिक प्रालिकी कार्यकारी निर्देशक सलोनी सेठिया अग्रवालले भने, ‘सांगितिक उपहरणको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड यामाहासँग आवद्ध हुन पाएकोमा हामी गौरव महसुस गरिरहेका छौं । आशा छ, नयाँ सोरुमले नेपालभरिका संगीतप्रेमीको मागलाई पूरा गर्नेछ ।’

नक्सालस्थित पुलिस हेडक्वार्टर पेट्रोल पम्पनजिकै रहेको नयाँ सोरुममा गितार, किबोर्ड, पक्र्युसन इन्स्ट्रयुमेन्ट, पियानो र ड्रमदेखि एम्लिफायर, लाइभ साउन्ड, होम थिएटर स्टेसन, सिनेमा स्टेसन र रेकर्डिङ उपकहरणहरु समेत पाइन्छ । सोरुममा संगीतसम्बन्धी ज्ञान भएको प्रतिबद्ध स्टाफहरु पनि हुनेछन् जसले संगीत पारखीहरुलाई आफूले चाहेको उपकरण छान्ने मद्दत गर्नेछन्। साथै, यामाहा म्युजिक सोरुमले संगीतप्रेमीहरुका लागि ‘टच, फिल एन्ड एक्सपिरियन्स’को व्यवस्थासमेत गर्नेछ ।

प्रकाशन मिति–२०७३ साल फागुन ४ गते बुधवार ।