एक हजार दरका नोटमा त्रुटि फेला

Nepali Note

महोत्तरी। गौशालामा एक हजार दरका त्रुटिपूर्ण नोट फेला परेका छन्। यहाँको सहयोगी विकास बैंकबाट एक सेवाग्राहीले निकालेको १ लाख बराबरको हजार दरको बन्डलमा तीन वटा नोट एउटै नम्बरको फेला परेको हो।

नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेका ती नोट मङ्गलबार एक सेवाग्राहीले बैकबाट पैसा निकाल्दा तीन वटा नोट एउटै नम्बरको फेला परेको हो। ङ १६ ५९२९०६ नम्बरका तीे नोट फेला परेपछि यहाँका जनता चकित भएका छन्।

फेला परेका ती नोटमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल फागुन ४ गते बुधवार ।