रियल मेड्रिडसँग पराजित भयो नापोली

काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा साविकको विजेता रियल मड्रिडले नापोलीलाई हराएको छ ।

गए राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै रियल मड्रिडले नापोलीलाई ३—१ ले हराएको हो ।
रियलको घरेलु मैदानमा भएको खेलमा नापोलीले आठौं मिनेटमा नै इन्सिगेनको गोलबाट अग्रता लिएको थियो । तर, धेरैबेर जोगउन सकेन । १८ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा रियलले दुई गोल थप्यो ।४९ औं मिनेटमा टोनी क्रुजले गोल गर्दै २—० को अग्रता दिलाए भने ५ मिनेटपछि नै कासिमेरोले गोल गरे । खेलमा थप गोल हुन सकेन र मड्रिड विजयी भएको छ ।