अमेरिकी राष्ट्रपतिको सल्लाहकार समितिको सदस्य पदवाट नेपाली चेली सञ्जिता प्रधानव्दारा राजिनामा

काठमाडौ। अमेरिकी राष्ट्रपति वाराक ओवामाको राष्ट्रपतिकालमा राष्ट्रपतिको सल्लाहकार समितिको सदस्यमा नियुक्त नेपाली चेली सञ्जिता प्रधानले आफ्नो पदवाट राजिनामा दिएकी छन्।
डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा आसिन भएपछि आप्रवासीप्रति उनको रवैया अघिल्ला राष्ट्रपतिको भन्दा फरक रहेको कारणवाट कमिसनका १६ जनाले राष्ट्रपति समक्ष राजिनामा वुझाएका छन्। जसमा नेपाली चेली सन्जिता प्रधान पनि राजिनामा दिने मध्यकी एक हुन्।
यो कमिसनको पदावधि आगामी सेप्टेम्वर ३० सम्म रहेको छ। राजिनामा पत्रमा शरणार्थीहरुको प्रवेशमा रोक, मेक्सिकोको सिमामा वनाइने भनिएको पर्खाल ,अघिल्ला राष्ट्रपति ओवामाले शुरु गरेको स्वास्थ्य विमा लगायतलाई मुद्दा वनाइएको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन ७ गते शनिवार ।