ओस्कारमा ‘ला ला ल्याण्ड’ को वर्चस्व, मुनलाइट बेस्ट फिल्म

लस एन्जेलस। अमेरिकाको लस एन्जेलसमा फिल्म जगतको सबैभन्दा ठूलो पुरस्कार समारोह ओस्करमा ‘ला ला ल्याण्ड’ ले बेस्ट निर्देशक, बेस्ट अभिनेत्री लगायत सबैभन्दा धेरै पुरस्कार जितेको छ । समारोहमा यसवर्षको ओस्कारमा सर्वोत्कृष्ट अभिनेत्री तथा बेस्ट निर्देशकको अवार्डमा ‘ला ला ल्याण्ड’ ले बाजी मारेको छ । निर्देशक डेइमिन चाजेल्लेले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । त्यस्तै इमा स्टेनले बेस्ट अभिनेत्रीको अवार्ड पाइन् । त्यस्तै बेस्ट ओरिजिनल सङ
‘ला ला ल्यान्ड’बाट ‘सिटी अफ स्टार्स’ घोषित भयो ।
जस्टी हुरित्जले ‘ला ला ल्याण्ड’ बाट बेस्ट ओरिजिनल स्कोरको पुरस्कार प्राप्त गरेका छन् भने बेस्ट सिनेमोटोग्राफीको अवार्ड ‘ला ला ल्याण्ड’ बाट लिनस इन्डग्रिनले हात पारेका छन् । फिल्म ‘ला ला ल्यान्ड’ ले प्रोडक्शन डिजाइनको अवार्ड पनि प्राप्त गरेको छ ।
तर यसवर्षको ओस्कारमा सर्वोत्कृष्ट फिल्म मने मुनलाइट घोषित भएको छ । त्यस्तै बेस्ट अभिनेताको अवार्ड ‘म्यानचेस्टर बाइ द सि’ का अभिनेता केसी एफ्लेकले प्राप्त गरे ।
बेस्ट एड्याप्टेड स्किृन प्लेको अवार्ड ‘मुनलाइट’ बाट ब्यारी जेन्किन्स तथा टारेल एल्भिन म्यक्रेनीले हात पारेका छन् । बेस्ट लोरिजिनल स्कृन प्लेको अवार्ड भने ‘म्यानचेस्टर बाइ द सि’ बाट केनिथ लोर्नेगानले हात पारेका छन् ।
बेस्ट डकुमेन्ट्रि फिचरको पुरस्कार ओजेः मेड इन अमेरिकाले हात पारेको छ । यस्तै फिल्म ‘मुनलाइट’ बाट महेरशेला अलीले ओस्कर अवार्डको सहायक अभिनेता पुरस्कार प्राप्त गरेका छन् । उनी उक्त अवार्ड पाउने पहिलो मुस्लिम अभिनेता बनेका छन् । मनोनयन भएको पहिलो पटकमै अली पुरस्कार पाउन सफल भएका हुन् । यस क्याटेगोरिमामा ब्रिटिश अभिनेता देव पटेल ‘लाइन’ का लागि नोमिनेशनमा परेका थिए । तर पुरस्कार पाउन असफल भए ।
बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड भिओला डेविसले प्राप्त गरेकी छन् । फिल्म ‘फेन्सेज’ मा गरेको तारिफयोग्य अभिनयका लागि डेविसले यो अवार्ड प्राप्त गरेकी हुन् ।
इरानी सिनेमा ‘द सेल्समेन’ विदेशी भाषाको सर्वश्रेष्ठ फिल्म बन्न सफल भएको छ । एनिमेटेड सर्ट फिल्मको क्याटोगोरी ‘पाइपर’ ले बाजी मारेको छ । बेस्ट ऐनिमेटेड फिचर फिल्मको अवार्ड ‘जुटोपिया’ ले पाएको छ । वेलायतको ‘ह्वाइट हेल्मेट्स’ ले शर्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको छ । जो गिलबर्टले बेस्ट फिल्म एडिटिङका ओस्कार अवार्ड प्राप्त गरेको छ । बेस्ट भिजुअल इफेक्ट्सको अवार्ड ‘द जंगल बुक’ ले पाएको छ ।
फागुन १६ गते ।