पोखरामा रिमाको नयाँ स्टाइल

Reema BK 1

काठमाडौ। पछिल्लो पुस्ताकी नायिका रिमा विश्वकर्मा विवाह पश्चात लगभग जस्तो खाली नै देखिएकी छन्। कुनैपनि नेपाली फिल्ममा रिमा देखिएकी छैनन्। रिमा मात्र होइन, रिमा पुस्ताका प्राय नायिकाहरु लगभग जस्तो खाली नै बनेका छन्।

Reema BK 2

खाली दिमाग शैतान भनेजस्तै खाली बस्नुभन्दा विभिन्न नेपाली फेसन–शोहरुमा रम्ने काइदा नयाँ पुस्ताका नायिकाहरुले अपनाउन थालेका छन्। केही इनकम पनि जेनेरेट हुने भएकोले त्यसतर्फ रिमा जस्ती नायिकाहरु आकर्षित बन्न थालेका हुन्।

यसै क्रममा केही दिनअघि पोखरामा भएको एक फेसन–शोमा रिमा विश्वकर्माले बलिउड हिरोइन कंगना रणावतको स्टाइलमा क्याटवाक गरिदिदा सवैको मुखवाट वाहवाही आएको छ। फेसन ट्रेन्डस् २०१७ नाम दिएको उक्त फेसन–शो रिमाको करियरको उत्कृष्ट प्रस्तुति बन्न सफल भएको छ। पर्पल कलरको गाउनमा रिमा निकै बोल्ड देखिएकी थिइन्।

Reema BK 1
प्रकाशन मिति–२०७३ साल फागुन १८ गते बुधवार ।