शुभेच्छा थापाको नयाँ शुभम

maitrinews

Shuvechha Thapa in New Action

काठमाडौ। नयाँ नेपाली चलचित्र शुभमको शुभमुहुर्त पूर्वी नेपालमा भएको छ। झापाको दमक स्थित दमकको आकाशे पुलमा फरक शैलीमा शुभमुहुर्त भएको चलचित्र शुभमुहुर्तमा प्रतिभाशाली अभिनेत्री शुभेच्छा थापा विशेष आकर्षणको केन्द्र बनेकी छन्।

शुभममा एक्सन नायिकाको बेग्लै छाप राख्ने दौडमा देखिएकी अभिनेत्री थापाको पहिचानलाई चलचित्र शुभमले एक्सन लेडी बनाउने करिब करिब पक्का भएको पाइएको छ। दमकको आकाशे पुलमा गरिएको चलचित्र शुभमको पोस्टरको फस्ट लुक्स हेर्ने सवैले अभिनेत्री थापाको त्यो स्टाइललाई धेरैले मन पराएका छन्।

चलचित्र शुभमको मुहुर्त सट अभिनेत्री थापाका साथमा नव अभिनेता सोहम भेटवालले दिएका थिए। चलचित्र शुभमका निर्देशक राजु गिरीले चलचित्र शुभमको छायाँकन दमकको आकाशे पुल र इलामको कन्याम चिया बगानमा छायाँकन गर्ने सोच राखेको भनेका छन्।

दमकमा शुभमुहुर्त गरेर काठमाडौ फर्किसकेको चलचित्र शुभम टीम अव केही दिन पश्चात आक्रमक स्टाइलमा छायाँकनमा लाग्ने भएको छ। त्यसको पूर्वतयारी लगभग सकिएको जानकारी पनि निर्देशक गिरीले भनेका छन्।

अभिनेत्री थापाले चलचित्र शुभम आफ्नो फिल्मी करियरकै चुनौतिपूर्ण फिल्म भएकोले अझ बढी मेहनत गर्नुपर्ने भएकोले त्यसअनुरुप काम गर्न आफू मानसिक रुपमा तयार भैसकेको भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल फागुन २० गते शुक्रबार ।