नेपालमा रहेको करोडौँ भारु साट्न समस्या

 

काठाडौँ । नेपालका बैंक र सर्वसाधारणसँग रहेको भारतीय पुराना नोट सटही समस्या समाधान गर्ने उद्देश्यले आएको भारतीय टोली नेपालका बैंकको उपभोक्ता सम्बन्धी व्यवस्थाबाट सन्तुष्ट भएर फर्केको अधिकारीहरुले बताएका छन्।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्म ढुंगानाले बैंक भन्दा पहिले सर्वसाधारणसँग रहेका पुराना भारतीय नोट साटिने बताउनुभयो।
तर नोट कहिले साट्न पाइने हो भन्ने निश्चित भइसकेको छैन।
राष्ट्र बैंक र उसँग लाइसेन्स लिएका अन्य बैंक पौने नौ करोड भारतीय पुराना नोट रहेको बताइएको छ।

smuggle-fake-indian-currency-notes

भारतमा स्वास्थ्य उपचार, तीर्थ यात्रा, घुमघाम या सभा सम्मेलनमा सहभागी बनेर फर्कने हजारौंसँग केही मात्रामा भारतीय नोट रहेको अनुमान गरिएको छ।
भारतमा दुई महिना अघि नै कागजको खोष्टोमा परिणत भइसकेका त्यस्ता नोट साट्न नेपालको राष्ट्र बैंकले भारतीय अधिकारीहरुलाई बारम्बार ताकेता गर्दै आएको छ।

फागुुन २० गते ।