ज्ञान मल्टिग्रेन आटा बजारमा

maitrinews

काठमाडौं । के. एल दुगड समूहले ७ वटा प्राकृतिक अन्नहरु : गहुँ, मकै, चना, भटमास,ओट्स,रागी र जौ को समिश्रण बाट तयार गरिएको ज्ञान मल्टिग्रेन आटा को उत्पादन गरी बजारमा बिक्री वितरण सुरु गरेको छ । यस ज्ञान मल्टिग्रेन आटा मा सात वटा प्राकृतिक अन्नहरुः गहँु, मकै, चना, भटमास,ओट्स,रागी र जौ बाट पाइने शक्ति प्रोटिन,भिटामिन, खनिज तत्व तथा डाइटरी फाइवर एकै साथ प्राप्त हुनुका साथै उक्त तत्वहरु बाट मानिसलाई भरपुर शक्ति प्रदान गरी स्वस्थ्य बनाउँछ । साथै सुद्ध गहुँको आटाको तुलनामा प्राकृतिक अन्नहरुको समिश्रण बाट विशेष रुपमा तयार पारेको ज्ञान मल्टिग्रेन आटा को ग्लाइसेमिक इन्डेक्स कम हुने हुदाँ सुगर सचेत ब्यक्तिको लागि बढी फाइदा जनक रहेको छ ।
यो आटा बजारमा २ के जी को प्याकमा उपलब्ध छ । आजको पुस्ता स्वास्थ्थ प्रति सचेत र खान पानमा बढी ध्यान दिने भएकोले नै उनीहरुलाई लछित गर्दै के एल दुगड सुमुहले यो मल्टि ग्रैन आटा बजारमा ल्याएको हो । यो मल्टिग्रेन आटा अर्थात विभिन्न अन्न बाट बनाएकोले भिन्न भिन्न अन्नबाटा प्राप्त हुने सबै प्रकारका तत्वहरु अत्यन्तै पोेस्टिक हुनुका साथै स्वस्त्य बर्धक छ । यो मल्टिग्रेन आटा नेपालमा पहिलो पटक उत्पादन गरि बिक्रि वितरण सुरु गरिएको हो ।

फागुन २३ गते ।