लोककथा : एकजोडी परेवाको दुःखद अन्त्य—जयबहादुर धिमिरे

maitrinews

धेरै—धेरै वर्षे पहिले शहरको एक विशाल मन्दिरमा एक हुल परेवाहरू आनन्दसँगले जीवन बिताइरहेका थिए । ती हुलमध्ये एक जोडी परेवाहरूलाई आफूले दुनियालाई केही सघाउन नसकेकोमा आफ्नो जीवन निरर्थक लागेछ किन भने उक्त मन्दिरमा अर्काले व्यवस्था गरी दिएको चारो, पानी, गुँड आदिमा पर निर्भर भएर बाँच्नु परेको थियो । त्यसैले अरु केही नभए पनि जुन मुलुकमा घडी छैन र घडीको अभाव मानिसहरूलाई समय सदुपयोग गर्न अप्ठ्यारो भएको छ । हामी त्यहाँ गइसमयको जनाउ गर्दै मानव सेवा गरौं भन्ने विचार उनीहरूले गरे ।

यहाँ त बथान छौं भएन सबैसँग समयको ख्याल गर्ने साधन छ त्यसैले कुनै त्यस्तो मुलुकमा जाँउ जहाँ हामीले बाँचेको सार्थक ठहरियोस् । त्यसै भावनामा डुबेर परेवा–परेवी परदेश लागे । कुनै एक मुलुकमा पुगे त्यहाँ उनीहरूको चारो, गुँडको राम्रो प्रबन्ध त रहेछ तर गाउँमा भाले कुखुराहरू थुप्रै रहेछन् । तिनीहरूले केही हदसम्मको समयको जानकारी दिएर मानिसहरूलाई सहयोग गर्दारहेछन् । त्यसैले राम्रो चारो र गँुडको वास्ता नगरी उनीहरू अर्को मुलुकतिर हानिए । त्यहाँ साच्चै नै समयको जानकारी गराउने न कुनै उपकरण थियो न कुनै समयसूचक चराचुरङ्कीहरू नै थिए । उनीहरूले त्यसै गाउँमा मानिसहरूलाई समयको चाल दिई सेवा गर्ने अठोठ गरे । त्यहाँ बास, चारो, गुँड आदिको राम्रो प्रबन्ध चाहि पटक्कै थिएन । तर त्यस गाउँमा कुनै एक धनी किसानले धेरै नोकर–चाकरहरूलाई राखेर खेती चलाएको रहेछ । ती नोकरहरूलाई मालिकले आधा रातमै उठाएर काममा पेल्ने गर्थ्यो । उनीहरूले समयको चाल दिएर तिनै मजदुरहरूलाई सहयोग गर्ने निर्णय गरी त्यसै घरमा गुँड बनाई बसोबास गर्न थाले ।

जब आधा रातमा मालिकले नोकरहरूलाई उज्यालो भयो भन्दै ब्यूझाउन प्रयत्न गर्न खोज्यो नोकरहरूले अहिले आधा रात नै छ बिहानी पखको परेवाहरू बासेपछि हामी काममा जान्छौं भनी प्रतिवाद गर्दा मालिकले मन्जुर गर्न बाध्य भएको थियो । त्यसो हुनाले परेवाहरूलाई आफ्नो जीवन सार्थक लाग्न थालेको थियो । समय बित्दै गयो उनीहरूले पनि आफूसँग भएको सानो क्षमताले केही हदसम्म गाउँमा सेवा पुर्याउने सकेकोमा हर्षित थिए । उनीहरूले पहिलेको अत्यन्त राम्रो बासस्थान, मन्दिरको छानोमा लहरै नाचि घुमि खाएको, भक्तजनहरूले प्रसस्तै चाराहरू ल्याई दिएको, त्यो सबै माया मारे । किनभने मन्दिरमा बस्दा आफ्नो जीवनले कसैलाई केही सहयोग पुर्याउन पाएका थिएनन् । केवल मन्दिरको सोभा बढाउनु मात्र प्रयोजन थियो उनीहरूको । त्यो काम बाँकी बथानहरूले गरिरहेका छँदै थिए । त्यसकारण दुवै भाले पोथी आफ्नो क्षमताको सदुपयोग गरी अभावमा सेवा पुर्याउन पाएकोमा आत्म सन्तोष गरी असल भोजन र आरामदायी बासको अभावलाई बिर्सिरहेका थिए ।

सयम बित्दै जाँदा त्यस ठाउँमा एक भयानक हुल चीलहरू आई बसोबास गर्न थाले जसको कारण उनीहरूलाई चारो टिप्न बाहिर जान गाह्रो प¥यो । भोकप्यासले लखतरान भए । बाहिर निस्कन्साथ चीलको आहारा भइने डर ननिस्कदा भोकप्यासले आकुलव्याकुल, ठूलो आपत आई लाग्यो । आफ्नो घरका मानिसहरूले उनीहरूको मर्का बुझिदिएनन् । यद्यपि उनीहरूले तिनै मानिसहरूको साथ दिन्को लागि आफ्नो स्वर्ग सयल माया मारेको थियो र त्यो ताड्ना खपिरहेको थिए ।

त्यसैले उनीहरूको आत्मा नराम्ररी क्वाँ–क्वाँ रोयो । पोथी चाँहिले भनी अब हामी कहिले कसैको भलो नसोचौं । जीवन सार्थक बनाउनै खोज्ने हुँदा यो हालत भयो । अहिले हामीलाई कस्ले हे¥यो ल भन्नुहोस् त रु भालेले पनि मौन समर्थन जनायो । यस समस्याबाट बाँचेर आफ्नै मन्दिरमा फर्कौं त्यहाँ पुगेपछि हामीपनि कठोर बनौं कसैले ठूलो आपत पर्दा खबर लगि देऊ भनेर बिन्ती चढाए पनि फुर्सद नभएको जानकारी दिउँ । तर फर्कने कसरी रु

भालेले पोथीलाई एकछिन सोचेर भन्यो । ल म एउटा उपाय बनाउछु त्यो के भने त्यहाँ पर रुखमा चील मारेर झुँन्डाएको चीलको छाला देखेको थिएँ । सुटुक्क चीलहरू बासबसेको बेलामा बिहान सवेरै उठेर त्यही पहिरियौं र भुर्र उडेर आफ्नो पुरानो मन्दिरमा जाँउ । यस निष्कर्षमा पुगेर उनीहरूले चीलको नकाब पहिरिए । चीलले पनि आफ्नो साथी कतै परतिर चर्न गएको ठानेर परेवालाई आक्रमण गरेन । आँउदै थिए– आँउदै थिए धेरै दिनको भोक प्यासले आकुल व्याकुल भएकोले शहरको मन्दिरमा पुगेर कहिले भोजन गर्ने रमाईलो गर्ने भन्ने धुनमा एकोहोरिएका थिए । आफूले चीलको नकाब पहिरिएको पनि उनीहरूलाई चाँहि यादै भएन ।

मन्दिरमा पुग्न के आँटेका थिए उनीहरूका साथीहरू कोलाहाल भई भागारेभाग भए । यो देखेर मन्दिर आउने भक्तजनले झटारो हाने । उनीहरूलाई भक्तजनले त्यसरी झटारो हान्छ भन्ने ख्याललै भएन किनभने मानिसहरूसँग उनीहरू असाध्यै झुम्मिन्थे । त्यसैले तर्किने छलिने प्रयास गरेनन् र एउटै झटारोको कारण दुवै मुर्छित भई परमधाम हुन लाग्दै थिए उनीहरूको नकाब पनि झटारोको कारण फुस्किएर अलग अलग भएका थिए । उनीहरू चाँहि मुखबाट रगत छाद्दै प्याक प्याक मुख बाँइरहेका थिए । झटारो हान्ने भक्तजन छक्क परी पानी खुवाइदिँदै थिए तर उनीहरू घुटुक्क पानी निलेर परमधाम भए ।