प्रिमियर लिगमा चेल्सीसँग वेष्टह्याम पराजित

maitrinews

काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सीले वेष्टहृयामलाई हराएको छ र,१० अंकको प्रष्ट अग्रता लिएको छ ।
गए राति भएको खेलमा चेल्सीले वेष्टहृयाममाथि २—१ गोल अन्तरको जित हात पारेको हो ।
वेष्टहृयामको घरेलु मैदानमा भएको खेलमा चेल्सीले २५ औं मिनेटमा इडेन हजार्डको गोलबाट अग्रता लिएको थियो । ५० औं मिनेटमा डिएगो कोष्टले गोल गरे ।

खेलको अन्तिममा घरेलु टोली वेष्टहृयामका लान्जिनीले गोल गरे पनि सान्त्वना मात्र हुन पुग्यो ।

जितपछि लिगलिडर चेल्सीको २७ खेलबाट ६६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको टोटनहृयामको ५६ अंक छ । वेष्टहृयाम भने ३३ अंकका साथ ११ औं स्थानमा छ ।