कछुवाको पेटमा पाँच किलोभन्दा बढी सिक्का

थाइल्यान्डमा चिकित्सकहरुको टोलीले एउटा समुद्री कछुवाको पेटबाट ९१५ वटा सिक्का निकालेका छन् । थाइल्यान्डको उत्तरी सहर श्रीराचामा पर्यटकहरुको फ्याँकेका सिक्का कछुवाले निल्ने गरेको थाहा पाएपछि बैंक नाम गरेको सो कछुवाको शल्यक्रिया गरी पेटबाट ती सिक्का निकालिएको हो । निकालिएको सिक्का पाँच किलोभन्दा बढी छ ।
पर्यटकहरुले आफ्नो भाग्य परीक्षा गर्न भन्दै समुद्र तथा तलाउमा सिक्का फ्याँक्ने गरेका छन् । ती सिक्का कछुवाले निल्ने गर्दा ती दुर्लभ प्राणीले दुःख पाएका छन् ।