चलचित्र ‘हिटलर’को फस्टलुक रिलिज

काठमाडौँ । चलचित्र ‘हिटलर’को फस्टलुक रिलिज गरिएको छ । साथमा, चलचित्रको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । आउँदो बर्षको जेठ १२ गतेबाट लभ स्टोरी तथा कमेडी जनराको यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ ।
सभासद् रामविर मानन्धर र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्रको फस्टलुक एकसाथ सार्वजनिक गरेका थिए । अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ ।
चलचित्रमा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायांकन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ । मुगु र काठमाण्डौमा यो चलचित्रको छायांकन गरिएको छ ।चलचित्रमा नायक सोहित मानन्धर नेवार खानदानको यूवाको रुपमा देखिएकी छिन् । चलचित्रमा समावेश ‘मःम चाउमिन’ बोलको गीत अहिले हिट भैरहेको छ ।