पुलिस क्लवलाई पराजित गर्दै रुपन्देही ११ फाइनलमा

नेपालगन्ज । विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै रूपन्देही ११ नेपालगन्जमा जारी दोस्रो टुबोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार नेपालगन्ज रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा रूपन्देहीले पुलिसलाई २(१ गोलअन्तरले स्तब्ध तुल्यायो । रूपन्देहीले उपाधिका लागि संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटा यसअघि नै फाइनलमा पुगिसकेको छ ।
रूपन्देहीको जितमा अमर डंगोलले उत्कृष्ट प्रदर्शन दिए । उनको दुई गोल मद्दतमा रूपन्देहीले फाइनल यात्रा तय गरेको हो । रूपन्देही एक गोलले पछि परेको अवस्थाबाट खेलमा फर्किएको थियो । पुलिसले खेलको ३३औं मिनेटमा अग्रता बनाएको थियो । जुमानु राईले पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर रूपन्देहीले लगत्तै बराबरी गोल फर्कायो । पहिलो गोल बेहोरेलगत्तै अमरले व्यक्तिगत पहिलो गोल गर्दै टोलाई खेलमा फर्काए।
त्यसपछि खेलको ७५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अमरले रूपन्देहीको जित २(१ ले पक्का बनाएका थिए । खेलमा दुवै टोली केही राम्रा अवसर सदुपयोग गर्न असफल भएका थिए ।
खेलपछि पुलिसका प्रशिक्षक कुमार कटुवालले रूपन्देहीले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए । ‘रूपन्देहीले हाम्रोभन्दा निक्कै उत्कृष्ट प्रदर्शन गर्यो । हामीले एक गोलको अग्रतासमेत कायम राख्न सकेनौुं, प्रशिक्षक कटुवालले भने, ‘प्राप्त केही अवसर सदुपयोग गर्न नसक्नु पनि हारको कारण बन्यो ।ु
रूपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले प्रतिस्पर्धात्मक खेलमा प्राप्त जितले खुसी दिएको बताए । ‘खेल प्रतिस्पर्धात्मक थियो । यद्यपि हामी विजयी भएका छौुं, उनले भने, ‘खेलाडीहरूले मेहनत गरेका छन् । फाइनलमा संकटाविरुद्ध पनि यस्तै प्रदर्शनको अपेक्षा गरेको छु ।ु मंगलबारको खेलमा पाँच खेलाडीले पहेँलो कार्ड पाएका थिए । जसमध्ये चार खेलाडी रूपन्देहीका थिए ।
प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख तथा उपविजेताले दुई लाख ५१ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट हुने खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन्।
चैत २ गते ।