चीनव्दारा मेसीलाई अनुवन्धको प्रस्ताव

बेइजिङ । चिनियाँ क्लबहरूले यो वर्ष स्पेनी क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई अनुबन्धको अपत्यारिलो प्रस्ताव गरे । रियल म्याड्रिडका पोर्चुगिज स्ट्राईकर क्रिस्टियानो रोनाल्डोका लागि पनि उनीहरूको त्यस्तै प्रस्ताव आयो ।अन्तर्राष्ट्रिय फुटबलमा निक्कै कम चर्चा हुने चिनियाँ सुपर लिगका क्लबहरूबाट आएको प्रस्ताव आफैंमा अपत्यारिलो त थियो, ती खेलाडीका लागि उनीहरूले गरेको प्रस्तावित रकम अझ अविश्वासिला थिए ।
चिनियाँ क्लबहरूले अन्तर्राष्ट्रिय फुटबलमा अहिलेका सफलमध्येका दुई खेलाडी मेसी र रोनाल्डोलाई भित्र्याउन त सकेनन्, तर अर्जेन्टिनी फुटबलर कार्लोस टेभेजलाई सांघाई सेनहुवाले अनुबन्ध गरी छाड्यो । टेभेजको अनुबन्धले पनि अन्तर्राष्ट्रिय फुटबल बजारमा चिनियाँ फुटबलको राम्रै बहस चलायो।अर्जेन्टिनी राष्ट्रिय टोलीका साथै इङ्लिस प्रिमियर लिग र इटालियन सिरी ए जस्ता युरोपकै ठूला लिगहरूमा चम्किएका टेभेजले एसियन लिग रोज्नु र उनका लागि प्रस्ताव गरिएको रकम बहसको दुई विषय बने ।
टेभेजलाई भित्र्याउन सेनहुवाले कीर्तिमानी सात करोड १६ लाख पाउन्ड ९नौ अर्ब १७ करोड ९८ लाख ३६ हजार नेपाली रुपैयाँ० रकम खर्चियो । दुई वर्षका लागि अनुबन्ध भएका टेभेजलाई सेन्हुवाले प्रतिसाता ६ लाख १५ हजार पाउन्ड ९सात करोड ८८ लाख ६७ हजार नेपाली रुपैयाँ० रकम तिर्ने सम्झौता गरेको छ । यो सम्झौतापछि टेभेज विश्वकै छैटौं महँगा खेलाडी बने । सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा पनि उनि नै अघि देखिए।
यो सिजन युरोपको प्रतिष्ठित र ठूला लिग छाडेर भर्खरै अघि बढ्न सुरु गरेको चिनियाँ फुटबलसँग जोडिन आइपुग्ने टेभेज एक्ला युरोपेली स्टार हैनन् । उनको अनुबन्धको केही दिनअघि मात्रै इङ्लिस क्लब चेल्सीका पूर्वब्राजिलियन खेलाडी ओस्कारले पनि चिनियाँ क्लब रोजेका थिए । ब्राजिलियन राष्ट्रिय टोलीबाट समेत खेल्दै आइरहेका ओस्कार ६ करोड पाउन्ड ९सात अर्ब ६७ करोड, ९४ लाख नेपाली रुपैयाँ० रकममा सांघाई सिआईपिजीसँग अनुबन्ध भए । ओस्कारसँगै ब्राजिलियन राष्ट्रिय टोलीबाट खेलिसकेका हल्कले पनि यसै सिजन चिनियाँ क्लब रोजिसकेका थिए । युरोपेली फुटबलमा चलेका दक्षिण अमेरिकी स्टार खेलाडीलाई भित्र्याएसँगै चीनले आफ्नो फुटबललाई कम्तीमा अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनायो ।

चैत ६ गते ।