चन्द्रागिरि केबलकारमा दिउँसो एक घण्टा लन्च ब्रेक

काठमाडौं । चन्द्रागिरि केबलकारले आजदेखि लागु हुने गरी दिउँसो एक घण्टा लन्च ब्रेकको व्यवस्था लागु गरेको छ । नयाँ व्यवस्था अनुसार दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ । कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम्केबलकारको इन्जिनलाई समेत केहि समय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको हो ।
यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार लागु हुनेछैन । केबलकार वाहेक चन्द्रागिरि हिल्स परिसरमा रहेका अन्य सेवाहरु जस्तैः– रेस्टुरेन्ट, बार, वाल उद्यान नियमति संचालन हुनेछन् ।
स्थापनादेखि नै चन्द्रागिरि हिल्स व्यवस्थापनले विहानदेखि साँझ ५ बजेसम्म केबलकार नियमित रुपमा संचालन गर्दै आएको थियो ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विशेष गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्नसकिन्छ ।
चैत ६ गते ।