महिला हिंसाका ८४ उजुरी दर्ता

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवमा महिला हिंसा सम्बन्धिका ८४ वटा उजुरी दर्ता भएका छन् । प्रहरीका अनुसार छवटा बहुविवाह, चारवटा आत्महत्या, नौवटा जबर्जस्ती करणी, तीनवटा जबर्जस्ती करणी उद्योग र ६३ वटा घरेलु हिंसाका उजुरी गर्दा भएका छन् । बालविवाह न्यूनीकरण र महिलामाथि हुने सबै प्रकारका हिंसाका घटनालाई निरुत्साहित पार्न सबैको सहयोग अपरिहार्य हुने प्रहरी नायब उपरीक्षक जिसी बताउनुहुन्छ ।