महोत्तरीमा एमालेको २ नम्बर प्रदेशस्तरीय भेला

महोत्तरी । नेकपा एमालेले २ नम्बर प्रदेशको जनपरिचालन अभियान तयारीका लागि प्रदेश स्तरीय भेला गरेको छ । महोत्तरीको वर्दिवासमा आज आयोजित भेलामा २ नम्बर प्रदेशका अगुवा कार्यकर्ताहरुको सहभागिता थियो ।

भेलामा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डल र २ नम्बर प्रदेशबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरुको सहभागिता छ ।
प्रदेश भेलाले गत फागुन २३ गते सप्तरीको राजविराजबाट स्थगित गरिएका प्रदेश स्तरका सभा गर्न नयाँ कार्यक्रम निर्धारण गर्नेछ । मेची–महाकाली अभियानका क्रममा तराई मधेसमा एमालेका कार्यक्रमहरुमा विशाल जनसहभागिता भए पनि मधेसी मोर्चाको ब्यानरमा भएका हिंसात्मक घटनाले ५ जनाको ज्यान गएको थियो । मधेसी मोर्चाको ब्यानरमा एमालेका कार्यक्रम बिथोल्ने हिंसात्मक घटनामा कांग्रेस कार्यकर्ताको सहभागिता रहंदै आएको थियो ।
फागुन २१ गते झापाको काकडभिट्टाबाट सुरु भएको मेची महाकाली अभियान चैत ४ गते महेन्द्रनगरमा पुगेर समापन भएको थियो । सप्तरीमा मोर्चाले हिंसात्मक घटना घटाएपछि २३ फागुनमा स्थगित भएका २ नम्बर प्रदेशका सभाका कार्यक्रम मंगलवारको भेलाले तय गर्नेछ । मधेसी मोर्चाले स्थानीय तहको चुनाव बहिस्कार गर्ने वताए पनि तराई मधेसमा चुनावको रौनक बढ्दै गएको छ । मधेसी मोर्चाकै कार्यकर्ता पनि मोर्चाको निर्णय विपरित चुनावकेन्द्रित अभियानमा छन् भने मधेसी युवा चुनावबाट स्थानीय प्रतिनिधि चुन्न आतुर देखिएका छन् ।
चैत १६ गते ।