एसीसी इमर्जिङ टिम्स कप क्रिकेट: नेपालले हङकङलाई ७ विकेटले हरायो

 

काठमाडाैं: एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले सान्तोना जित हासिल गरेको छ। बंगलादेशको कक्स बजारस्थित शेखकमल स्टेडियममा भएको आफ्नो अन्तिम खेलमा नेपालले हङकङमाथि ७ विकेटको जित निकालेको हो।

हङकङले दिएको २१४ रनको विजयी लक्ष्य नेपालले ४२.२ ओभरमा तीन विकेटको क्षतिमै भेट्टायो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७० रनको योगदान दिए। ८२ बलको सामना गरेका मल्लले ११ चौकाको मदतमा ७० रन जोडेका हुन्।

यस्तै दिपेन्द्र सिंह ऐरी ६० र शरद भेष्वाकर ५५ रनमा नटआउट रहे। ८३ बलको सामना गरेका ऐरीले एक छक्का र पाँच चौका प्रहार गरे भने ५१ बलको सामना गरेका भेष्वाकरले तीन छक्का र तीन चौका प्रहार गरे। यसैगरी दिलिप नाथले १२ र आसिफ शेखले ८ रन जोडे।

यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सवै विकेट गुमाउँदै २१४ रनको योगफल तयार पारेको थियो। हङकङका लागि अंशुमान रथले सर्वाधिक ५१ रनको योगदान दिए। यस्तै केमरुन म्याअल्सनले ४३, वकास खानले ३०, सहीद वासिफले २२, एसान खानले १८ र वाजिद शाह मोहम्मदले १६ रन जोडेका थिए।

नेपालका लागि अविनाश कर्णले तीन विकेट लिए। यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल, सुशन भारी र भवन कार्कीले समान दुई–दुई तथा सन्दिप लामिछाने एक विकेट लिएका थिए। समूह बीमा रहेका नेपाल र हङकङ दुवै खेलमा पाकिस्तान र बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन्।

बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २१५ रनको चुनौती दिएको छ।

टस जितेर हङकङलाई ब्याटिङमा निम्त्याएको नेपालले सुरुवाती बलिङ राम्रो गर्न नसके पनि पछिल्लो ओभरहरुमा राम्रो बलिङ गर्दै हङकङको सबै विकेट लिएको हो
पहिलो विकेटका लागि हङकङले ९५ रनको साझेदारी गर्दै ठूलो स्कोर बनाउने लक्षण देखाए पनि नेपाली कप्तान ज्ञानेन्द्र मल्लले साझेदारी तोड्दै दुवै प्रारम्भिक ब्याट्सम्यानलाई पेविलियनको बाटो देखाएका थिए।
हङकङका अंशुमान रथले ५१ रन बानएाक थिए भने क्यामरुन मकअल्सेनले ४३ रनको योगदान दिएका थिए।
नेपाली बलरहरुमा अविनाश कर्णले ३ विकेट लिएका थिए भने भुवन कार्रकी र सुसन भारीले २(२ विकेट हात पारेका थिए। नेपालका स्टार लेग स्पिनर सन्दिप लामिछानेले १ विकेट लिएका थिए।
नेपालले ५० ओभरमा २१५ रनको बिजय लक्ष्य पाएको छ।

चैत १७ गते ।