संविधान संशोधन र चुनावबारे छलफल गर्न काँग्रेस, माओवादी र मोर्चाको बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक बोलाउनुभएको छ । बैठक आज अपरान्ह साढे ३ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा संविधान संशोधन र स्थानीय चुनावबारे सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् ।
यसअघि हिजो प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच परामर्श भएको थियो ।
चैत १८ गते ।