रुसको भूमिगत रेलसेवामा आतंकवादी आक्रमण,११ जनाको मृत्यु ५० जना घाइते
मस्को । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा भएको विस्फोटमा एघार जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।
रुसको राष्ट्रिय आतंकवाद विरोधी कमिटिले सेनाया प्लोस्चाद र इन्स्टिच्युट अफ टेक्नोलोजी स्टेशनको बीचमा एउटा रेलमा सो विष्फोट भएको जनाएको छ।
कमिटिले नजीकैको अर्को रेलवे स्टेशनमा पनि एउटा विष्फोटक पदार्थ भेटिएको तर त्यसलाई निष्कृय तुल्याइएको जनाएको छ।
सामाजिक सन्जालमा प्रकाशित तस्वीरहरुमा सेनाया स्टेशनमा रेलको ढोका भत्किएको र नजीकै घाइतेहरु रहेको देखाइएका छन्।
सेन्ट पिटर्सवर्ग शहरमा तीन दिनको शोकको घोषणा गरिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आतंकवाद लगायत संभाव्य सबै कारणहरुको जाँचबुझ गरिने जनाएका छन्।
राष्ट्रपति पुटिन सोमबार बिहान सोही शहरमा रहेका तर पछि उनी त्यहाँबाट फर्केका जनाइएको छ।
समाचारहरुमा केटाकेटी सहित ५० जना घाइते भएको जनाइएको छ।
चैत २२ गते ।