चन्दा नदिएपछि विप्लवका कार्यकर्ताले काँग्रेस नेता शाहको हत्या गरेको खुलासा

जाजरकोट । नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा काँग्रेसका युवा नेता रवीन्द्र शाहको हत्या नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ। चन्दा नदिएको भन्दै विप्लवका कार्यकर्ताले शाहको हत्या गरेको जानकारी प्रहरीले मंगलवार पत्रकार सम्मेलनमार्फत् गराएको छ।
घटनामा संलग्न मध्यका शिव भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई प्रहरीले सार्वजनिक गरेको हो। घटनाको योजनाकार तथा संलग्न भनिएका ति दुवै जनाले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न देखिएका पौरख भनिने बलबहादुर मल्ल, इतिहास भनिने प्रेम वली, मोहित सिह भनिने इन्द्र शाही, अभिषेक भनिने दीर्घबहादुर नेपाली र नाम खुल्न नसकेका सुर्खेत घर भएका विप्लव कार्यकर्ताको खोजी भइरको भेरी अञ्चल प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी दिए। पक्राउ परेका र हत्या गी फरार रहेका सबै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध कार्यकर्ता भएको शाहले बताए।
चैत २२ गते ।