सर्वोच्चलाई राजनीतिक दबाब : देउवाविरुद्धको अपहेलना मुद्दाको बहस स्थगित
काठमाडौँ । नेपाली कांग्रेस र नेपाली कंग्रेसका सभापति शेरवहादुर देउवा समेतलाई विपक्षी वनाई २० गते आइतवार दायर अदालतको अवहेलनाको मुद्दाको बहस आज नहुने भएको छ । अदालतले प्रकाशित गरेको दैनिक पेसी सूचीमा उक्त मुद्दा स्थगितमा राखिएको छ ।
मुद्दाको आजको सुनुवाई स्थिगित सुचिमा आए पश्चात भोली बुधवार विदा परेको कारण २४ गते विहिवार पेसी तोकिएको छ । अदालतको अवहेलना मुद्दा दायर भएपश्चात एकल इजलासमा सुनुवाई गरी विपक्षी उपर आदेस लगायत जारी गरी मुद्दा प्रकृया अघिवढाउने अदालती अभ्यास रहेको छ ।
नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको भन्ने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेको र सो पार्टीका सभापति शेरबहादुर देउबाले १८ चैतमा विराटनगरमा ‘आइजिपी नियुक्त गर्ने काम सरकारको हो, हेर्दैै जाउँ के हुन्छ’ भनी अदालतले गरेको निर्णयउपर चुनौती दिएर बोलेको हुदा विपक्षी राजनीतिक दल सरकारमा समेत रहेको हुदा उक्त कार्यले अदालतको फैसला कार्यन्वयनमा संखा उत्पन्न भएको साथै आदालतको औपचारीक र अनौपचारी टिप्पणीले अदालतको सामाजिक प्रतिस्ठामा आँच आएको र जनमानसमा अदातलको कार्य र अदालत प्रतिको विश्वसनियता कम्जोर वनाएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले उक्त निवेदन दर्ता गरेका थिए ।
अवहेलना मुद्दा अपराध र देवानी दुबै प्रकृतिको हुनसक्ने हँुदा पहिलो पेसीवाट अदालतले मुद्दाको अवस्था निर्धारण गर्ने र प्रकृया अधिवढाउने हुन्छ । अवहेलना मुद्दामा विपक्षी अभियुक्तलाई नियन्त्रणमा लिई थुनामा राखी वयान प्रकृया वा लगायतको कार्यविधी अदालतले अघी वढाउन सक्दछ । अवहेलना ठहरेमा १ वर्ष सम्म कैद, १ लाख रुपयाँ सम्म जरिवाना वा दुबै सजाय हुनसक्छ ।
चैत २२ गते ।