चलचित्र घामपानी : किन भगाए फुर्वाले तारालाई ?

केकी अधिकारी सहरबाट घर फर्किँदै हुन्छिन् । झोलुंगे पुलमा चस्मा लगाएर सेल्फी खिच्दै आएकी तारा (केकी अधिकारी) लाई लिन फुर्वा (दयाहाङ राई) बस स्टप पुग्छन् । ताराले फुर्वालाई ल्याइदिएको कालो चस्मा आफ्नै हातले लगाइदिन्छिन् । र, भन्छिन्– कस्तो सुहायो तामाङ केटालाई । फुर्वा मस्किँदै ‘चुचे’ भन्छन् । बस स्टपदेखि उनीहरू गफ गर्दै घर फर्किन्छन् । ताराको बालपन गएकै हुँदैन । बाटोभरि उनी छुनुमुनु गर्दै कुद्छिन् ।

फुर्वा अफिसमा बसेर काम गरिरहेका हुन्छन् । तारा त्यहीँ पुग्छिन् । फुर्वा दाउरा चिरिरहेका हुन्छन् । छेउमै बसेर तारा ‘‘तिमी त घर ज्वाइँ बन्लाऊ जस्तो छ त’’ भन्छिन् । जवाफमा फुर्वा भन्छन्– ‘‘तिम्रो बाउले माने त बस्थेँ नि, कमसेकम मेरो घरको अन्नपात त जोगिन्थ्यो नि ।’’

फुर्वाका बाउ घरको आँगनमा बसेर जाँड पिइरहेका छन् । त्यही दृश्य हेरिरहेका ताराका बाउ ‘मेरो पनि घाँटी सुक्यो माइला’ भन्छन् ।
फुर्वाका बाउले सोध्छन्– ‘पिउँछौ त जाँड ’

‘बाउनको छोरो हुँ, धेरै नजिस्का है,’ ताराका बाउले जवाफ फर्काउँछन् ।

‘पहिला तिर्खा मेटाऊ न, जाँडले जात जाँदैन’, फुर्वाका बाउको जवाफ ।

लाजले मस्किरहेकी तारालाई फुर्वा भन्छन्,– ‘कम्ता लुरी थियौ, ज्यान फुक्यो भन्दैमा बडा निष्ठुरी हुँदी रहिछौ ।’

जग्गाको विषयलाई लिएर स्थानीय चौतारोमा झगडा गर्छन् । फुर्वा र ताराका बाउ पनि त्यहाँ संलग्न हुन्छन् ।

तारा फुर्वाकै कोठामा पुग्छिन् ।

यसको नियत मलाई पहिलेदेखि नै । भन्दै फुर्वामाथि जाइलाग्छिन् ।

छोरोको कोठामा झगडा गरेको थाहा पाएपछि फुर्वाका बाउले केको गुनगुन भन्दै कोठा खोल्छन् ।

फुर्वा रेडियो बजेको बताउँछन्, तर उनले पत्याउँदैनन् । बाबुले तारा आएको थाहा पाइसकेका हुन्छन् ।

यता, ताराका बाउ–आमा पनि फुर्वालाई आफ्नी छोरीले मन पराएको भन्दै असन्तुष्टि जनाइरहेका हुन्छन् ।

ताराका बाउ आफ्नी श्रीमतीलाई भन्छन्,– ‘‘बैंस आएपछि केटाकेटीका आँखा फुट्छन् ।’’

फुर्वाको घरमा ताराका बाउ पुग्छन् । दुई जना फुर्वाको विवाहका बारेमा कुरा गरिरहेका हुन्छन् । कोठाबाट सुनिरहेका फुर्वा आफ्नो विवाहबारे अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि पोख्छन् ।

ताराका बाउले भन्छन्, ‘‘बढी जान्ने न हो, तँलाईं हामीले जात मिल्ने केटी हेरेका छौं ।’’

फुर्वा भन्छन्, ‘‘मलाई जात मिल्ने होइन, भात मिल्ने भए पुग्छ ।’’

यता, गाउँमा आएको नयाँ असई आफ्नो जिउडाल ‘प्रदर्शन’ गरिरहेको हुन्छ । लगत्तै ऊ मोबाइलको नेटवर्क राम्रो नआएपछि रुखमा चढेर कुरा गर्न थाल्छ । आफ्नी प्रेमिकासँग कुरा गरेजस्तो लागे पनि हो वा होइन स्पष्ट भने हुँदैन ।

उसले तारालाई आँखा लगाउन थालिसकेको हुन्छ । उसलाई हेर्न भनेर नै असई तारा हिँड्ने बाटोमा रक्सी खाने निहुँले जान थाल्छ । असईले आफूलाई आँखा लगाएको मन नपराइरहेकी तारा आँखा तरेर हिँड्छे ।

रक्सी खाएर लागेपछि तारा आफूलाई मन पर्न थालेको बताउँछ, ऊ ।

‘यो प्यार भरा दिल तेरे लिए’ लेखेको रुमाल बोकेर असई केकी ९तारा० को हात माग्न उसकै घर पुग्छ ।

ताराको बाउले व्यङ्ग्य गर्दै भन्छ, ‘‘केटी माग्ने यो तरिका मलाई मन पर्यो ।’’

लगत्तै उसले भन्छ, ‘‘मलाई नाकमा फुली लगाउने मान्छेचाहिँ मन पर्छ, तर यो काँधमा फुली लगाउने मान्छे भने मन पर्दैन है १’’
ताराको बाउले जात मिल्ने केटो खोजेर दसैंमा टीकाटालो गर्ने कुरा सोचिरहेका हुन्छन् । उनले छोरीका लागि सम्भावित व्यक्ति असईलाई नै ठम्याउन पुग्छन् ।

यो थाहा पाएपछि केकी र फुर्वा भागेर सदरमुकाम पुग्छन् । यता असईले आफ्नो वर्दीको पावर शो गरेर उनीहरू भागेको भन्दा पनि तारालाई फुर्वाले अपहरण गरेको ‘केस’ लगाउने तयारी गर्छ । असईले ताराको घरमै पुगेर उसको बाउलाई धम्क्याउँछ ।

सदरमुकाम पुगेपछि असईका कमजोरी पत्ता लगाएका उनीहरू त्यहाँबाट घरै फर्किन्छन् । अपहरणको केस लगाउने भएपछि फुर्वा र तारा तामाङ परम्पराअनुसार विवाह गरेर जन्तीसहित घर फर्किन्छन् ।

वैशाख १ गते रिलिज हुन लागेको चलचित्र ‘घामपानी’ को ट्रेलरको कथा हो यो । दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिकामा छन् ।
चैत २५ गते ।