लघुकथा : मन
— गोमा सिटौला

 


कान्छो छोरालाई अष्ट्रेलियामा पढ्न जाने भूत सवार भएको थियो्र अत्यावस्यक कागजात र ऋणको व्यवस्था गर्न काठमाडौँमा इन्जीनियर पढ्न बसेको जेठो छोराको साँगुरो बस्तीमा भएको डेरामा कान्छा र म पुग्यौं्र
गाउँको खुल्ला परिवेशमा हुर्किएको म, कहालीलाग्दो यात्रा र यहाँको दुर्गन्धित वातावरणले निस्सासिन पुगेको थिएँ
कोचाकोच बस्तीभित्रको अँध्यारा कोठाहरू१ अनि कोठैपिच्छे भाडामा बस्नेहरू१ शौच गर्न पनि कुर्न पर्ने१‘ जिउ भारी हुँदै गैरहेको थियो्र त्यसैबेला घरपेटी साहुनी भर्र्याङ् बढार्दै ‘भाडा हैन भारा खानु परिरहेको छ’( भन्दै फत्फताउदै सोधिन् “तपाईं को नि ?”
“म शिखरको बुवा हो हजुर छोरालाई भेट्न आएको्र”
“एउटा कोठामा यत्रो मान्छे नलेराउनु भनेको हैन ?”( भन्दै छोरालाई झपारिन्।
तीनतले घरको माथिल्लो फ्ल्याटमा उनीहरु बस्थे भने अरु कोठै पिच्छे मान्छे राखेको थिए। केही कोठा भने खाली पनि थिए। कागजपत्र मिलाउन अझै केहीदिन बस्नुपरेकोले हल्का टाउको दुखिरहेको थियो। कोठाबाहिर निस्किएर बस्दै थिए। खालीकोठा हेर्न थुप्रै मान्छे आएका थिए। घरपेटीले कसैलाई केटाहरुलाई मात्र नदिने र केटीहरुलाई मात्र पनि नदिने भन्थिन भने कसैलाई बच्चा रहेछ, हुँदैन भनेर फर्काउथिन् त कसैलाई पाहुनाहरु कत्तिको आउछन् सोध्थिन्।म रमिता झैं हेरिरहेको थिएँ।
एक बृध्दा आएर “हे हजुर१ बिहानदेखि खान खाएको छैन अलिकती अन्न पाउ न हजुर”( भन्दै कराइन्।
घरपेटीले वरण्डाबाटै चिच्याउदै हप्काइन् – “यताबाट जान्छेस कि जान्नस रु काम गरेर खानुपर्छ, सधैं मागेर खाएर हुन्छ१”
“हजुर१ नाडीमा तागत नभएपछि के गरुँरु छोरा छोरीले पनि निकालिदिए१”( भन्दै रुन थालिन्।
घरपेटी माथि नै हराइन्१
कोठाभित्र पसेर म केहि दिनखोज्दै थिए्र पल्लो कोठाको बहिनीले बुढी आमालाई चिया पाउरोटी खान दिदै थिइन् भने अर्को कोठाको भाईले चामल र पैसा दिदै फेरि फेरि पनि आउनुस है भन्दै थिए, त्यतिखेर टुप्लुक्क घरपेटी साहुजी आएर “यसरी माग्नेलाई घरभित्र हुलेर पल्काउनु हुँदैन्र” भन्दै हामीलाई हकार्दै भर्याङ्ग उक्लिए्र
“किन धनहुने मान्छेहरु यति मानबता बिहिन हुन पुगेका होलान् । आफै भित्र प्रश्नबाचक चिन्ह खडा हुँदै थियो उता बुढी आमा लौरो टेक्दै पोकापाकी समातेर “ठूल्ठूला घर हुनेले कुटौला झैं गरी लघारे, बरु केही नहुनेले खुवाए१धन हुनेको मन हुँदैन ,मन हुनेको धन हुँदैन जय होस बाबू नानीहरूको भन्दै हिडिन् ।

चैत २७ गते ।